तपाईंहरुले चाहेको यहाँ सर्च गरेर पाउनुहोस्

Topics :

Latest Post

फेला पर्‍यो संसारकै गहिरो खाडल, पातालसँग सिधा सम्बन्ध

काठमाडौं । वैज्ञानिकहरुले विश्वकै सबैभन्दा गहिरो खाडल पत्ता लगाएका छन् । मेक्सिकोको युकाटन प्रायद्धिपमा रहेको चेतुमल खाडीमा उक्त खाडल रहेको छ । त्यसको नाम चाहीँ टाम जा ब्लू होल हो ।

यद्यपि अहिलेसम्म वैज्ञानिकहरुले यसको गहिराई मापन गर्न पाएका छैनन् तथापि सुरुवाती गणना अनुसार यो १३८० फिट भन्दा धेरै गहिरो छ । त्यो पनि समुद्री सतहभन्दा मुनि । अर्थात् यसको सिधा सम्बन्ध पातालसँग छ । शोधकर्ताहरु अहिलेसम्म यो खाडलको पिँधसम्म पुग्न नसकेको हुँदा यसको गहिराई अझै धेरै भएको पक्का छ ।

यसअघि सबैभन्दा गहिरो खाडलको रेकर्ड दक्षिणी चीन सागरमा रहेको ड्रागन होलको नाममा थियो । यो ९ सय ९० फिट गहिरो थियो । जबकि टाम जा ब्लू होल चीनको उक्त खाडल भन्दा ३९० फिट गहिरो छ । अघिल्लो वर्ष डिसेम्बर ६ मा गोताखोरहरुले यस खाडलको खोज गरेका थिए । त्यस बारेको रिपोर्ट यही अप्रिल २९ को फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

वैज्ञानिकहरुले यसको गहिराई मापन गर्नका लागि कन्डक्टिभिटी, टेम्परेचर एण्ड डेप्थ प्रोफाइल (सिटिडी) प्रविधिको प्रयोग गरे । यसबाट समुद्रभन्दा मुनिको सतहको रियल टाइम डेटा प्राप्त हुन्छ र ब्लुहोलको गहिराई नापिन्छ । यद्यपि यो खाडलको पिँधसम्म गोताखोर वा सबमरिन पुग्न सकेका छैनन् ।

के हो ब्लू होल ?

सिटिडी प्रोफाइलरबाट यो खाडलमा विभिन्न गुफा तथा सुरुंगहरु प्नि रहेका पत्ता लागेको छ । ती गुफा तथा सुरुंगहरु आपसमा जोडिएका छन् । त्यहाँ तापक्रम तथा नुनको मात्रा क्यारेबियन सागरकै जस्तो छ । ब्लू होल अर्थात् सिंक होल । यो पानीभित्र हुन्छ र जमिनमा ठाडो खाडल हुन्छ । यस्तो खाडल मुनिपट्टि सुरुंगको जालसँग जोडिएको हुन्छ र कहिलेकाहीँ त्यस्ता सुरुंगहरु न्हुन पनि सक्छन् ।

यी खाडलको पिँधमा आमरुपमा चुनढुंगा, मार्बल तथा जिप्सन पाइन्छ । यस्तै एउटा प्रसिद्ध ब्लू होल बहमासको डिन्स ब्लू होल पनि हो । त्यस्तै इजिप्टको दहाब ब्लु होल तथा बेलिजको ग्रेट ब्लू होल पनि विश्वका अन्य चर्चित ब्लु होल हुन् ।

वैज्ञानिकहरुका अनुसार विश्वको सबैभन्दा गहिरो भनिएको मेक्सिकोको उक्त खाडलको वास्तविक गहिराई पत्ता लगाउनमा केही समय अझै लाग्नसक्छ । किनकि विद्यमान यन्त्रहरु त्यसको पिँधसम्म पुग्न सक्दैनन् ।

सिटिडी प्रोफाइलर १६ सय ४० फिटसम्म जानसक्छ तर पानीभित्रको तरंगका कारण त्यसको तार टुट्ने खतरा भएकाले त्यसलाई खाडलको पिँधसम्म नपूराई १३ सय ८० फिटबाटै बाहिर निकालिएको थियो । एजेन्सीको सहयोगमा



from विचित्र संसार – Online Khabar https://ift.tt/hNvpVOz

वैज्ञानिकहरुले पत्ता लगाए प्लास्टिक खाने ब्याक्टेरिया

वैज्ञानिकहरुले आफैं नष्ट हुने प्लास्टिकको विकास गरेका छन् । यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने वैज्ञानिकहको भनाइ छ ।

पोलीयुरेथेन अर्थात् प्लास्टिकको सर्वत्र प्रयोग हुने गरेको छ । यसको पुनःचक्रण गर्न कठिन हुने हुँदा ल्याण्डफिलमै विसर्जन हुन्छ। तर, वैज्ञानिकहरुले यसको वैज्ञानिक समाधान निकालेका छन् ।

वैज्ञानिकहरुले प्लास्टिक खाने ब्याक्टेरियाका कणहरु सामेल गरेर यस्तो प्लास्टिकको विकास गरेका छन् जो आफैं नष्ट हुन्छ।

ब्याक्टेरियाका ती जिवाणु कणहरु प्लास्टिक उपयोग गरिरहँदासम्म निस्क्रिय रहन्छन् । तर, जब प्रयोग सकिएर उक्त प्लास्टिकलाई विसर्जन गरिन्छ तब पुनर्जिवित हुँदै प्लास्टिकलाई नै खान थाल्दछन् ।

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ता हान सोल किम भन्छन्- यसबाट हामीले प्रकृतिको प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न सकिन्छ भन्ने आशा पलाएको छ।

साथै यसको अर्को फाइदा पनि छ कि प्लास्टिक खाने ब्याक्टेरियाको जिवाणु कणहरुले प्लास्टिकको कडापनलाई बढाइदिन्छ।

अर्का शोधकर्ता जोन पोकोस्र्की भन्छन्- हम्रो प्रक्रियाले सामानलाई बढी कडा बनाइदिन्छ, जसका कारण यसको उपयोगी जीवनकालमा बढोत्तरी हुन्छ । र, जब यसको काम सकिन्छ तब हामीले यसलाई वातावरणबाट निर्मूल पार्न सक्छौं, चाहे यसलाई जसरी बिसर्जन गरियोस् ।

आफैं नष्ट हुने यस्तो ब्याक्टेरियायुक्त प्लास्टिक हाल प्रयोगशालामा मात्रै उत्पादन गरिएको भएपनि यसलाई निकट भविष्यमै व्यवसायिक उत्पादन गरेर बजारमा पठाउन सकिने समभावना रहेको शोधकर्ताहरु बताउँछन् ।

प्लास्टिक नष्ट गर्नका लागि प्रयोग गरिएको ब्याक्टेरिया ब्यासिलस सब्टिलिस हो, जुन आम रुपमा खाद्य योजक तथा प्रोबायोटिकको रुपमा प्रयोग हुन्छ ।

उक्त ब्याक्टेरियालाई प्लास्टिक उत्पादनको क्रममा प्रयोग गरिने उच्च तापक्रम सहन सक्नेगरी जेनेटिक इन्जिनियरिंग गरिएको हुन्छ ।

शोधकर्ताहरुले प्लास्टिक खाने ब्याक्टेरियामार्फत् आफैं सड्ने प्लास्टिकको विकास गरेपनि कतिपयले भने यो उत्तम विकल्प नभएको र सबैभन्दा राम्रो विकल्प चाहिं प्लास्टिकको प्रयोग नै कम गर्नु रहेको बताउँछन् ।

बीबीसीबाट ।



from विचित्र संसार – Online Khabar https://ift.tt/XjkmHpu

पृथ्वीभन्दा साढे २ गुणा ठुलो ग्रहमा भेटियो जीवनको संकेत

जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म लञ्च गरिएको विश्वकै सबैभन्दा शक्तिशाली टेलिस्कोप हो । यसले अब अन्य ग्रहहरुमा जीवनको खोजीकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

द टाइम्सको रिपोर्ट अनुसार यो टेलिस्कोपले १२४ प्रकाश वर्ष टाढा रहेको एउटा रातो फुच्चे तारा,K2-18b को परिक्रमा गरिरहेको एउटा टाढाको ग्रह फेला पारेको छ ।

वैज्ञानिकहरुले यो ग्रहमा यस्ता लक्षणहरु देखेका छन् जसबाट उक्त ग्रहमा सम्भवतः जीवन हुनसक्ने देखिएको छ ।

वैज्ञानिकहरुका अनुसार यो ग्रह महासागरले ढाकेको छ र पृथ्वीभन्दा अढाई गुणा ठुलो छ ।

वैज्ञानिकहरुले उक्त ग्रहमा डाइमिथाइल सल्फाइड नामक प्रमुख पदार्थको खोजी गरिरहेका छन् । यो एउटा आकर्षक विशेषतायुक्त ग्यास हो ।

नासाका अनुसार पृथ्वीमा यो ग्यास केवल जिवहरुबाट निस्किन्छ, मुख्य रुपमा सामुद्रिक वनस्पतीहरुबाट। K2-18b मा डिएमएसको उपस्थिति एउटा महत्वपूर्ण खोज हुनेछ।



from विचित्र संसार – Online Khabar https://ift.tt/QhZ2czX

तस्वीर खिच्ने पर्यटकले दिक्क पारेपछि जापानको माउन्ट फुजीलाई पर्दाले छेकिंदै

नेपालमा बढीभन्दा बढी पर्यटकहरु भित्र्याउनका लागि सरकार र जनस्तरमा विभिन्न प्रयासहरु भैरहेका छन् ।

पर्यटकहरुलाई हिमालका साथै अन्य सुन्दर प्राकृतिक दृश्यहरुको तस्वीर लिन सजिलो होस् भनेर विभिन्न भ्यू प्वाइन्ट, भ्यू टावर तथा फोटो स्पटहरु बनाइन्छन् । तर, जापानमा भने पर्यटकहरुले बढी फोटो खिचेपछि हिमालको दृश्य नै छोप्नुपर्ने स्थिति आइलागेको छ ।

विश्वमा सबैभन्दा धेरै तस्वीर खिचिएको पहाड हो, जापानको माउन्ट फुजी । हिउँले ढाकिएको माउन्ट फुजीको आकर्षक तस्वीर खिच्ने सबैभन्दा आइकनिक फोटो स्पट छ, फुजीकावागुचीको भन्ने ठाउँ ।

एउटा किराना पसलको छानोमै टुपुक्क फुजी हिमाल राखिएको जस्तो दृश्य देखिने फुजीकावागुचीकोमा निकै धेरै विदेशी पर्यटकहरु झुम्मिने, उनीहरुले यत्रतत्र फोहोर फ्याँक्ने र ट्राफिक नियम उल्लंघन गरेर गाडीहरु पनि जतासुकै पार्किंग गर्न थालेपछि स्थानीय बासिन्दाहरु आजित बने ।

उनीहरुको गुनासोपछि स्थानीय प्रशासनले उक्त किराना पसलको छानोमा बडेमाको कालो जाली राखेर फुजी हिमाललाई छेकिदिने भएको छ ।

इामानाशी सहरस्थित उक्त ठाउँमा पुग्ने पर्यटकहरु फुजी हिमालको दृश्यबाट यतिधेरै मुग्ध हुन्छन् कि कतिपय त अझै राम्रो दृश्य कैद गर्न भन्दै किराना पसलको छानोमा चढ्दछन् ।

फुजी हिमालको दृश्यलाई छेक्नका लागि साडे २ मिटर चौडा र २० मिटर अग्लो जाली टाँग्ने कार्य यहीँ हप्ताबाट सुरु गरिने अधिकारीहरुले बताएका छन् ।

अधिकारी भन्छन् – हामीलाई यस्तो कार्य गर्नुपर्दा दुःख लागेको छ । कतिपय पर्यटकहरुले नियम कानुनको सम्मान नगरेका कारण यस्तो गर्नु परेको हो ।

हिमाल छेक्ने जालिदार पर्दा राख्नु अगाडि त्यहाँ विभिन्न सूचना तथा चेतावनीमूलक सन्देशहरु राख्नुका साथै सुरक्षाकर्मीहरुको परिचालन गरेर समेत पर्यटकहरुलाई सम्झाउने प्रयास गरिएको थियो । तर, पर्यटकहरुले टेरपुच्छर लगाएनन् ।

स्मरण रहोस् कोभिड-१९ महामारी सकिएसँगै जापानमा पर्यटकको संख्यामा उच्च वृद्धि भैरहेको छ । गत मार्च महिनामा ३० लाख विदेशी पर्यटक जापान पुगेका थिए । तर, बढ्दो पर्यटकको संख्याले विभिन्न समस्याहरु पनि निम्त्याएको छ ।

फुजी हिमाल चढ्ने मानिसहरुको पनि ठूलो भीड लागेसँगै यो गृष्मयामबाट फुजी हिमाल चढ्नका लागि १३ डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको छ ।

-बीबीसीबाट



from विचित्र संसार – Online Khabar https://ift.tt/xZgPwH3

रहेनन् टाउको जोडिएका जुम्ल्याहा, ६२ वर्षमा निधन

जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन ।

मेयो क्लिनिकमा सर्जरी विभागका प्राध्यापक डाक्टर क्रिस्टोफरक मोयरले हालसम्म शरीर जोडिएका ६ वटा जुम्ल्याहाको सफल शल्यक्रिया गरेर अलग गर्न सफल भएका छन् । तर, उनले यसरी टाउको जोडिएका जुम्ल्याहाको भने हालसम्म शल्यक्रिया गरेका छैनन् ।

उनका अनुसार यदि लोरी र जर्जमध्ये एकजनाको पहिले मृत्यु भयो भने त्यसको केही बेरमै अर्कोको पनि मृत्यु पक्का थियो । किनकि यसरी शरीर जोडिएका जुम्ल्याहा अर्थात् कन्ज्वाइन्ड ट्वीन्सको शरीरमा साझा रक्तसञ्चार हुन्छ।

डाक्टर मोयरका अनुसार यसअघि यदि कसैले चमत्कारिक रुपमा जर्ज र लोरीको शल्यक्रिया गरेर टाउको छुट्याइदिएका भए पनि उनीहरु यति लामो समयसम्म जिवित रहन गाह्रो थियो ।

शल्यक्रियापछि तत्कालै कुनै एक जनाको मृत्यु हुनसक्थ्यो । लोरी र जर्ज वास्तवमा अनुमानभन्दा धेरै लामो समयसम्म बाँच्न सफल भए । उनीहरु क्रानियोपेगस ट्वीन्स थिए । अर्थात् उनीहरुको टाउको आपसमा जोडिएको थियो, जुन दुर्लभ हुन्छ।

गिनिज बुकको विश्व रेकर्डमा उनीहरु दुवैलाई दोस्रो स्थानमा राखिएको थियो । अर्थात् सबैभन्दा लामो समयसम्म बाँच्ने टाउको जोडिएका जुम्ल्याहाको सूचीमा उनीहरु दोस्रो स्थानमा थिए ।

उनीहरुको टाउकोको हिस्सा आपसमा जोडिएको थियो र उनीहरु विपरीत दिशामा देख्दथे । दुवै जनाको शरीर पनि पूर्णरुपमा सामान्य थिएन । जर्ज जन्मिने बेलामा छोरी थिए । तर, सन् १९९० मा उनको नाम रेबा राखियो । जाँचका क्रममा उनी समलिंगी भएको पत्ता लाग्यो ।

टाउको जोडिएका भए पनि उनीहरुले आफूलाई फरक-फरक व्यक्तित्वको रुपमा लिन्थे । उनीहरु फरक-फरक जीवन बाँचेका थिए ।

लोरीले सन् १९९७ मा एक डकुमेन्ट्रीमा भनेकी थिइन्- हामी दुवै जना फरक-फरक मानिस हौं । हामी संसारमा मात्र एउटा अंगले जोडिएर आएका छौं । हामी जन्मैदेखि यस्तै छौं । त्यसैले मानिसहरुले के बुझ्नुपर्छ भने हामीहरु दुवैजना शक्तिशाली मानव हौं ।

लोरीका अनुसार उनी र जर्जबीच जोडिएको टाउको बाहेक अरु धेरै चिजहरु छन् । लोरीले एउटा अस्पतालमा लन्ड्रीमा सन् १९९० सम्म काम गरिन् । जबकि जर्जले चाहिं वाद्यवादन गर्दथे ।

सन् १९९७ मा उनले लस एन्जल्स म्युजिक अवार्ड प्राप्त गरेका थिए ।



from विचित्र संसार – Online Khabar https://ift.tt/K8lePcV

६१३ दिनसम्म पनि कोरोना निको नभएपछि वृद्धको मृत्यु, ५० पटक भाइरसको म्युटेसन

काठमाडौं ।  नेदरल्याण्ड्सका शोधकर्ताहरुले हालै विश्वमै सबैभन्दा लामो समयसम्म रहेको कोभिड भाइरस अर्थात् सार्स कोभ टू संक्रमण पत्ता लगाएका छन् । उक्त संक्रमण ६ सय १३ दिनसम्म रहेको थियो । त्यतिलामो संक्रमण पछि ती व्यक्तिको मृत्यु भएको थियो ।

नाम नखुलाइएका ती ७२ वर्षीय वृद्धमा पहिलोपटक सन् २०२२ मा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टले संक्रमित गरेको थियो । पटक पटक कोभिड सुईं लगाउँदा पनि ती वृद्धमा रोगप्रतिरोधी क्षमताको चरम अभाव थियो ।

त्यसपछि उनको लगातार कोरोना भाइरस जाँच गर्दा ६ सय १३ दिनसम्म उनको सरीरमा भाइरस सक्रिय देखियो । अन्ततः गत अक्टोबरमा उनको मृत्यु भयो ।

यसअघि पनि कुनै व्यक्तिमा लामो समयसम्म कोभिड १९ भाइरस सक्रिय रहेको पाइएको भएपनि ती चिनियाँमा भएको संक्रमण हालसम्मकै लामो भएको बताइएको छ ।

२० महिनासम्मको भाइरस संक्रमणको अवधिमा ती वृद्धलाई बँचाउनका लागि डाक्टरहरुले हरसम्भव प्रयास गरेका थिए, तर सफल भएनन् । उनको सरीरको रोगप्रतिरोधी क्षमताले कोरोना भाइरसलाई परास्त गर्न सकेन । उनको उपचारमा एन्टिबडी चिकित्सा प्रयोग गरेपनि कामयावी भएन ।

अन्ततः संक्रमित अवधीमै अन्य स्वास्थ्य समस्याका कारण अक्टोबरमा उनको मृत्यु भयो ।

कोरोना संक्रमण भएका मानिसको शरीरमा सामान्यतया केही दिनदेखि केही हप्तासम्ममा भाइरस समाप्त हुन्छ । तर ती वृद्धको सरीरमा भने झण्डै २ वर्षसम्म कोरोना भाइरस सक्रिय रह्यो । उनको सरीरको कोभिड भाइरसले कोभिड १९ एन्टिबडी उपचार अर्थात् sotrovimab प्रतिरोधी क्षमताको विकास गरेको थियो ।

डाक्टरहरुले ती वृद्धलाई संक्रमित गराएको कोरोना भाइरस ओमीक्रोन भेरिएन्टको नमूना वृद्धको सरीरबाट निरन्तर संकलन गरेर परीक्षण गरेका थिए । त्यसक्रममा उक्त भेरिएन्टको ५० पटक उत्परिवर्तन भएको पाइएको थियो, जसका कारण भाइरसले मानिसको रोगप्रतिरोधी प्रणाली छिचोल्न सक्दछ ।

-एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/f5xoTs2

विश्वकै पहिलो एआई सुन्दरी प्रतियोगिता हुँदै, नाम दर्ता सुरु भैसक्यो

काठमाडौं। विश्वमा थुप्रै खालका सौन्दर्य प्रतियोगिता हुन्छन् । मानिसदेखि कुकुर र हात्तीसम्मका सौन्दर्य प्रतियोगिताका बारेमा हामीले सुनेकै छौँ । तर अब चाहीँ एआई सुन्दरी प्रतियोगिता पनि हुने भएको छ।

एआई अर्थात् आटिैफिसियल इन्टेलिजेन्स विस्तारै हाम्रो दैनिक जिवनको हिस्सा बन्दै गएको छ । केही अघिसम्म दुनियाका धेरै मानिसहरुलाई एआईका बारेमा थाहै थिएन । तर अहिले सोसल मिडियामा समेत एआईले कब्जा गर्दै गएको छ । सोसल मिडियामा समेत एआई सेलिब्रेटीको संख्या बढिरहेको छ।

यसैबीच विश्व सुन्दरी प्रतियोगिता जस्तै अब विश्व एआई सुन्दरी प्रतियोगिता पनि हुने भएको छ । यो दुनियाको पहिलो सौन्दर्य प्रतियोगिता हुनेछ जसमा सर्वोत्कृष्ट एआई मोडेल तथा सेलिब्रटीलाई छानिनेछ। World AI Creator Awards (WAICA) कार्यक्रम अन्तरगत पहिलोपटक मिस एआई हुन लागेको हो ।

मिस एआईको वेबसाइटमा उपलब्ध जानकारी अनुसार एआई सुन्दरी प्रतियोगिताको विजेताले कूल १३ हजार डलर बराबरको पुरस्कार पाउनेछ ।

जसमा ५ हजार डलर नगद पुरस्कार हुनेछ भने ८ हजार डलर बराबरको सदस्यता कार्यक्रम, प्रवद्र्धनात्मक प्याकेज तथा पिआर सपोर्ट जस्ता सेवा सुविधा रहनेछन्। त्यस्तै दोश्रो हुने एआईले ५ हजार डलर र तेश्रो हुनेले २ हजार पुरस्कार पाउनेछ।

प्रतियोगिताका लागि अप्रिल १४ बाट दर्ता सुरु भैसकेको छ । एआई मोडेल निर्माता तथा व्यवस्थापक जो कोहीले यो प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्दछ। सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनालेको मिति भने अझै तोकिएको छैन ।

प्रतियोगितामा सहभागी हुनका लागि एआई सर्जकको उमेर कम्तिमा १८ वर्षको हुनुपर्छ भने सोसल मिडियामा उसको उपस्थिति चाहिनेछ। यो कार्यक्रम महिला एआई मोडेल तथा सोसल मिडियाका सेलिब्रेटीमा बढि केन्द्रित छ ।

स्मरण रहोस् ओपन एआईकाDALL-E, Midjourney तथा Copilot Designer केही लोकप्रिय टूल छन्, जसको प्रयोग एआई अवतार तयार गर्नका लागि गरिन्छ । WAICA को वेबसाइटका अनुसार यो प्रतियोगितामा भाग लिने एआई सर्जकलाई तीनवटा मापदण्डमा रहेर मूल्यांकन गरिनेछ ।

त्यसमा एआई अवतारको सुन्दरता, सन्तुलन तथा केही प्रश्नको जवाफका आधारमा विजेता तय गरिनेछ । यसका अलावा प्रतियोगितामा उक्त एआई मोडेललाई मन पराउनेको संख्या कति छ वा सोसल मिडियामा उसका फ्यान कति छन् भन्ने कुराको पनि गणना गरिनेछ ।

यो सूचीमा एआई मोडेल Aitana Lopez सामेल छ, जसका फलोअरको संख्या ३ लाख भन्दा धेरै छ । त्यस्तै Emily Pellegrini का इन्स्टाग्राम फलोअर्स २ लाख ८० हजार भन्दा धेरै छन् । एजेन्सीको सहयोगमा



from विचित्र संसार – Online Khabar https://ift.tt/Vu9yZpI

जब जापानी चिडियाखानाको भाले जलगैंडा ७ वर्षपछि पोथी निस्कियो…

जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ ।

१२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो । जसबाट उक्त जलगैंडा पोथी भएको पुष्टि भएको हो ।

उक्त हिप्पोलाई सन् २०१७ मा मेक्सिकोबाट ओसाकास्थित ओसाका तेन्नोजी चिडियाखानामा ल्याइएको थियो । उक्त जलगैंडालाई ल्याउने बेलामा त्यसको भन्सारका कागजमा भाले भएको उल्लेख थियो ।

सोही कारणले गर्दा हालसम्म त्यो भाले जलगैंडा नै रहेको ठानिएको थियो । तर, डिएनए परीक्षणले त्यसलाई पोथी पुष्टि गरिदिएको चिडियाखानाले जनाएको छ ।

जेन चानलाई आरामदायी वातावरण उपलब्ध गराउन आफुहरुले हरसम्भव प्रयास गरिरहेको चिडियाखानाले जनाएको छ । गतहप्ता चिडियाखानाले आफ्नो वेबसाइटमा एक पोस्ट गर्दै हिप्पोको वास्तविक लिंगको खुलासा गरेको हो ।

त्यसमा लेखिएको छ : मेक्सिकोस्थित अफ्रिकन सफारी एनिमल पार्कबाट चिडियाखानामा पहिलोपटक आउने बेलामा ऊ ५ वर्षको थियो र त्यसलाई भाले घोषणा गरिएको थियो । त्यसबेला जेन चान बच्चै रहेकोले उसको लिंग उल्लेख गरिएको कागजातमा कुनै प्रश्न उठाइएन ।

तर जेन चान पाको हुँदै जाँदापनि उसका भाले प्रजनन अंगहरु नदेखिएपछि चिडियाखानाका कर्मचारीहरु सशंकित भए ।

ओसाका तेन्नोजी चिडियाखानाका प्रवक्ताका अनुसार पोथीलाई समागमलाई लागि बोलाउने तथा आफ्नो इलाकालाई मार्किङ गर्नका लागि दिसा गर्ने बेलामा पुच्छले यत्रतत्र छर्ने लगायतका भाले हिप्पोले देखाउने व्यवहारहरु जेन चानले देखाएन ।

त्यसपछि चिडियाखानाले उक्त हिप्पोको लिंग पहिचान गर्न डिएनए परीक्षण गर्ने निर्णय गर्यो । उक्त परीक्षणबाट जेन चान पोथी भएको पुष्टि भयो ।
यद्यपि भाले मानिएको जलगैँडा पोथी भएको पुष्टि भएतापनि उसको नाम भने परिवर्तन नगरिने चिडियाखानाले जनाएको छ । बीबीसी



from विचित्र संसार – Online Khabar https://ift.tt/Gpfy8uo

ऋण निकाल्नका लागि जब महिलाले मरिसकेको पुरुषलाई बैंकमा ल्याइन्

काठमाडौं । हालै ब्राजिलमा एकजना ४२ वर्षीया महिला पक्राउ परेकी छिन् । उनी पक्राउ पर्नुको कारण थाहा पाउँदा भने अनौठो लाग्छ । उनी एकजना मृतक पुरुषको शवलाई बैंकमा ल्याएर मृतकको नामबाट कर्जा निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन् ।

गत अप्रिल १६ मा राजधानी रियो दी जेनेरियोस्थित बांगुमा रहेको इटाउ उनिबान्चो बैंकको शाखामा ६८ वर्षीय पाउलो रोबर्टो ब्रागा नामका वृद्धलाई १७ हजार ब्राजिलियन डलर (करीब ४ लाख २५ हजार रुपैयाँ) कर्जा लिनका लागि सघाउन भन्दै एरिका डी सोझा भिरा नन्स नामकी ती महिला आएकी थिइन् ।

ती वृद्ध पुरुष ह्विलचेयरमा थिए र महिलाले आफ्नो वृद्धको भतिजीका साथै हेरचाह गर्ने मुख्य व्यक्ति भएको दाबी गरेकी थिइन् ।

तर बैंकका कर्मचारीले भने ब्रागा नामका ती पुरुषको अवस्थाप्रति तत्कालै गम्भीर आशंका गरे । किनकि ती महिलाले वृद्धको टाउको समेत हातले अठ्याइदिनु परिरहेको थियो । साथै वृद्धको जिउमा प्राण भएको कुनै संकेत देखिँदैनथ्यो । तर महिलाले भने ती वृद्ध स्वभावै शान्त प्रकृतिको रहेको जिकिर गर्न थालिन् । अझ उनले वृद्धसँग चिच्याउँदै बोलेर कुरा गर्ने कोसिस पनि गरिरहेकी थिइन्, देखावटीका लागि ।

उनले भनिरहेकी थिइन्– काका, सुनिरहनुभएको छ ? तपाईंले दस्तखत गर्नुपर्यो । दस्तखत गर्नुभएन भने त केही काम हुँदैन त । मैले तपाईंको लागि दस्तखत गरिदिन मिल्दैन । मैले जे गर्न मिल्छ त्यो मात्रै गर्छु । कागजातमा जस्तै यहाँ दस्तखत गर्नुस् त । मेरो टाउको नदुखाउनुस् त ।

त्यहीबेला बैंकका एकजना कर्मचारीले वृद्धको अवस्था ठीक नभएको भनिरहेको सुनिन्छ भने अर्का एक कर्मचारीले त्यो दृश्य रेकर्ड गरिरहेका छन् । तर ती महिलाले भने आफ्ना ती कथित काका ठीक रहेको र केवल थोरै शान्त रहेको दाबी गर्छिन् । त्यति बेलासम्म बैंकका कर्मचारीहरुले आकस्मिक सेवा र प्रहरीलाई खबर गरिसकेका हुन्छन् ।

प्रहरीले वृद्ध तथा ती महिला दुवैलाई नियन्त्रणमा लिन्छ । पछि वृद्धको शरीर जाँच गर्दा बैंकमा ल्याउनुभन्दा केही घण्टाअघि नै उनको मृत्यु भैसकेको पुष्टि भयो । ती महिलामाथि शवको अपमान गरेको र ठगीको कोसिस गरेको अभियोग लागेको छ ।

उता ती महिलाका वकिलले भने महिला ती वृद्धकी भतिजी रहेको र उनका काका बैंकमा आउनुअघि सम्म जीवितै रहेको दाबी गरेका छन् । प्रहरीले भने मृतक वृद्धको नामबाट कर्जा लिएर ठगी गर्नका लागि ती महिलाले शवलाई लिएर बैंकमा गएको र उनी ती वृद्धको नजिकको भतिजी पनि नरहेको दाबी गरेको छ । यो विषयमा अनुसन्धान भैरहेको छ ।

–  एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/nC19S87

विश्वकै सबैभन्दा ठूलो लिफ्ट, एकै पटकमा २ सय ३५ जना बोक्न सक्ने

६ वैशाख, काठमाडौं । झण्डै एउटा स्टुडियो अपार्टमेन्ट जति आकारको यो विश्वकै सबैभन्दा ठूलो यात्रुबाहक एलेभेटर (लिफ्ट)को वजन १६ टन छ । नौ वटा स्टिल केबलले धानेको यो लिफ्टले एक पटकमा २ सय ३५ जना मानिस बोक्नसक्छ।

फिनल्याण्डको एलेभेटर कम्पनी कोनेले दुई वर्षअघि नै भारतको मुम्बइस्थित जियो वर्ल्ड सेन्टरको भवनमा संसारकै ठूलो यो एलेभेटर जडान गरेको थियो ।

उक्त बहुप्रतिष्ठित सम्मेलन केन्द्रमा विभिन्न समारोह तथा मेलाहरुमा सहभागी हुने ठूलो संख्याका मानिसहरुलाई बोक्नका लागि उक्त लिफ्टको डिजाइन गरिएको हो ।

२५.७८ वर्गमिटरको उक्त लिफ्टमा यात्रा गरिरहँदा उक्त भवन परिसरको ठूलो आकारमा दृश्य तथा सुन्दर बगैँचा समेत देख्न पाइन्छ ।

यो एलेभेटर पुली बिम प्रणालीमा आधारित छ, जसमा १८ वटा ठूलो आकारका पुली, ९ वटा स्टिल केबल रहेका छन् ।

विश्वकै ठूलो यो यात्रुबाहक लिफ्टमा चार प्यानल भएको काँचको ढोका, बाहिरको सुन्दर दृश्य देखिने काँचकै भित्ता र क्रिस्टल जडित सिलिंग रहेको छ । भवनको पाँचौँ तलासम्म मात्रै पुग्ने यो लिफ्टको गति १ मिटर प्रतिसेकेण्ड रहेको छ । यसभित्र यात्रुहरु बस्नका लागि दुईवटा आरामदायी सोफा पनि राखिएको छ।

कोने कम्पनीले यो भिमकाय लिफ्टको मूल्य हालसम्म पनि सार्वजनिक गरेको छैन । एजेन्सीको सहयोगमा



from विचित्र संसार – Online Khabar https://ift.tt/FqQKwpG

फरक-फरक अस्पतालमा महिलाले जन्माइन् जुम्ल्याहा, जुम्ल्याहाको उमेरमा २२ दिनको अन्तर !

४ वैशाख, काठमाडौं । एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ।

डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई जन्म दिएकी हुन् । उनले भनेकी छिन् : अहिलेसम्म मैले बेलायतमा एउटा पनि यस्ती महिला भेटेकी छैन जो २२ दिनसम्म लड्न सकून् ।

मेट्रो डट को डट युकेका अनुसार सन् २०२० मा डायल गर्भवती भएकी थिइन् । उनी पूर्णरुपमा स्वस्थ थिइन् । तर त्यसपछि उनमा स्वास्थ्य समस्या देखियो । तत् पश्चात् उनले एक अस्पतालमा पहिलो बच्चा जन्माइन् सामान्य प्रसूतिबाट । त्यसबेला डाक्टरहरुले उनको पेटमा रहेको दोश्रो बच्चा बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए ।

उनले केही घण्टामै अर्को बच्चालाई जन्म दिने बताइएको थियो । तर उनको स्वास्थ्यमा सुधार आयो । त्यसैले २२ दिनपछि मात्रै एक अर्को अस्पतालमा शल्यक्रियाबाट दोश्रो बच्चा जन्माइन् । ती जुम्ल्याहा बीचको जन्मदिनको अन्तरलाई लिएर डाक्टरहरु पनि तिनछक परे ।

डायल भन्छिन्, ‘आफ्नो पहिलो बच्चालाई जन्म दिएपछि डाक्टरहरुले मलाई तपाइँ घर जानसक्नुहुन्छ भन्दा म अचम्ममा परेँ । आजसम्म मैले बेलायतमा यस्तो कुनै महिला भेटेकी छैन जो २२ दिनको अन्तरालई झेल्न पाए । मलाई एउटा फरक अस्पतालमा अर्कै डाक्टरकोमा पठाइयो ।

दुई बच्चाको जन्मको बीचको समयमा मेरो दैनिक स्वास्थ्य जाँच भैरहन्थ्यो । ती हरेक दिनहरु इसरी बितिरहेका थिए कि मलाई वास्तवमा ती क्षणहरु सपना जस्तै लाग्दथे । जब दोश्रो बच्चा एस्ट्रो जन्मियो तब मलाई विश्वास नै भैरहेको थिएन कि ऊ त्यति लामो समयसम्म कसरी जिवित रहन सक्यो ।’

अहिले दोश्रो बच्चा २ वर्षको भैसकेको छ । उसको मुटुमा प्वाल छ र आँखामा पनि समस्या छ । तर दुःखको कुरा, दोश्रो बच्चा जन्मिएको दुई हप्तापछि पहिलो बच्चा आर्लोको मृत्यु भएको थियो । एजेन्सीको सहयोगमा 



from विचित्र संसार – Online Khabar https://ift.tt/xXAYI3m

पत्ता लाग्यो रोमान्टिक पार्टनरको सबैभन्दा खास विशेषता

अहिलेको जमानामा टिकाउ प्रेम सम्बन्ध तथा डेटिङका विषयहरु झनै जटिल बन्दै गएका छन् ।

सतही प्रतिस्पर्धा, रियालिटी शो तथा एपहरुका माध्यमबाट जुन सम्बन्धहरु बन्दछन् ती टिकाउ हुँदैनन् । टिकेता पनि सम्बन्ध राम्रो रहँदैन ।

यस्तोमा उपयुक्त रोमान्टिक पार्टनर खोज्नु निकै गाह्रो हुन्छ । किनकि आम रुपमा मानिसहरु शारीरिक बनोट तथा लुक्स, अनुहार, पैसा वा नाम देखेर आकर्षित हुन्छन् ।

तर, विज्ञानका अनुसार टिकाउ सम्बन्धका लागि यी सबै चिज आवश्यक छैन । रोमान्टिक पार्टनरका सबैभन्दा खास कुरा केही अरु नै हुन्छन् ।

ब्राजिलमा गरिएको एक सर्भेका अनुसार रोमान्टिक पार्टनरको कसीमा अनुहार, जीउडाल, लम्बाई चौडाइ, शरीरको आकार, पैसा आदिजस्ता कुराले अर्थ राख्दैन ।

युनिभर्सिटी अफ साओपाओलोका मनोवेत्ता जोआओ फ्रान्सिस्को गोस ब्रागा ताकायानागीका अनुसार रोमान्टिक पार्टनरलाई सबैभन्दा जरुरी विशेषता भनेको बुद्धिमत्ता र दयालुपनाु अर्थात् इन्टेलिजेन्स र काइन्डनेस हो ।

८ सय जना मानिसमा गरिएको उक्त सर्भेक्षणका आधारमा शोधकर्ता जोआओ भन्छन् – यदि तपाईंलाई रोमान्टिक पार्टनर चाहिएको छ भने तपाईंले आफूलाई बुद्धिमान बनाउनुहोस् र दयालु व्यक्तित्वको विकास गर्नुहोस् । यसबाट सफलता प्राप्त हुने सम्भावना बढ्दछ।

जोआओ र उनको टिमले १८ देखि ६४ वर्ष उमेरका करिब ८ सय जना मानिसमा सर्भे गरेका थिए । उनीहरुले फरक फरक गुण भएका रोमान्टिक पार्टनरहरुलाई छानेका थिए । त्यसमा शारीरिक आकर्षण, सामाजिक आर्थिक स्थिति, स्वास्थ्य, दयालुपना तथा बुद्धिमत्ताका विकल्प राखिएको थियो । जब ती विन्दुहरुमा उच्च बजेटको अवस्थामा मानिसहरुलाई छनोट गर्न लगाइयो, तब मानिसहरु हरेक विन्दुमा तयार भए । तर कम बजेटको अवस्थामा भने बुद्धिमत्ता र दयालुपनाको विकल्प सबैभन्दा अगाडि रहे ।

अधिकांश मानिसहरु आफ्नो रोमान्टिक पार्टनरसँग दीर्घकालीन सम्बन्ध चाहन्छन् । केवल कम समयका लागि मात्रै रोमान्टिक पार्टनरको खोजी गर्ने मानिसको संख्या निकै कम हुन्छ ।

रोमान्टिक पार्टनरको हकमा सामाजिक आर्थिक स्थितिलाई मानिसहरुले सबैभन्दा कम महत्व दिए । उनीहरुका अनुसार पैसा आवश्यक छ, तर यो नै सबैचिज होइन ।

यो अध्ययन हालै आर्काइभ्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित भएको छ । जसमा शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् कि उपयुक्त रोमान्टिक पार्टनरका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वास्थ्य, बुद्धिमत्ता र दयालुपना हो ।

जहाँसम्म पैसाको कुरा छ वा सामाजिक ओहोदाको कुरा छ, त्यसले त केवल उसको दिमागलाई फरक फरक तरिकाले चल्ने प्रक्रियालाई देखाउँछ । यी कुराले उसको दीर्घायूको अपेक्षा गर्न सकिन्छ तथापि समझदारी प्रेम र स्वास्थ्य हासिल हुन सक्दैन ।



from विचित्र संसार – Online Khabar https://ift.tt/RQdsZVW

एक कम्पनीले ल्यायो बेखुसी बिदाको नियम, मूड नभए अफिस नगए हुन्छ

जागिरे मानिसहरुको एउटा दु:ख हुन्छ । आफ्नो निजी जीवनमा चाहे जतिसुकै समस्या आइरहेको किन नहोस् अफिस जानैपर्छ र त्यहाँ गएर काम गर्नैपर्छ । अर्थात् कुनै घरेलु समस्या होस्, कसैसँग झगडा भएको होस् वा मन दुखेको किन नहोस्, त्यस्तो अवस्थाको कर्मचारीबाट पनि कार्यालयमा सामान्य अवस्थामा जस्तो कार्यसम्पादनको अपेक्षा गरिन्छ ।

व्यक्तिको निजी मामिलाले उसको काममा कुनै असर पर्नु हुँदैन भन्ने मान्यता राखिन्छ । तर, अब समय बदलिएको छ । मानिसको निजी समस्या वा उसको मूडले पनि कार्यालयमा उसको काममा असर पार्ने यथार्थलाई हृदयंगम गर्न थालिएको छ । यसको प्रमाण हो चीनको एउटा कम्पनी ।

उक्त चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बेखुसी बिदा (unhappy leave) दिन सुरु गरेको छ ।

चीनको हेनान प्रान्तस्थित एक सुपरमार्केट चेन पेंग डोंगले यस्तो गज्जबको काम सुरु गरेको हो ।

कम्पनीका मालिक तथा चिनियाँ रिटेल टाइकुन यु डोंगलाइले आफ्ना कर्मचारीहरुको निजी जीवन तथा व्यवसायिक जीवनमा उत्कृष्ट सन्तुलन हासिल गर्नमा मद्दत गर्नका लागि बेखुसी बिदाको सुरुआत गरेको घोषणा गरेका छन् ।

चिनियाँ सुपरमार्केट सप्ताहका क्रममा डोंगले आफ्नो सुपरमार्केटमा कार्यरत कर्मचारीहरुका लागि १० दिनसम्मको बेखुसी विदाको घोषणा गरेका हुन् । अर्थात् काममा जानका लागि मूड ठीक नभएको अवस्थामा पेंग डोंगका कर्मचारीले १० दिनसम्मको ‘अनह्याप्पी लिभ’ लिन पाउनेछन् ।

यु डोंगलाईले भनेका छन्- मेरा सबै कर्मचारीलाई स्वतन्त्रता प्राप्त होस् भन्ने मैले चाहन्छु । हरेक जीवनमा यस्तो क्षण आउँछ जब हाम्रो मन खुसी हुँदैन । त्यसैले मन दु:खी भएको बेला काममा नआउनुहोस् । कर्मचारीहरुले आफ्नो आरामको समय आफैंले छानुन् र उनीहरु सबैलाई कामभन्दा बाहिर पर्याप्त आराम मिलोस् ।

उनका अनुसार जुनसुकै कर्मचारीले बेखुसी बिदा मागेको खण्डमा त्यसलाई अस्वीकार नगरिने बताएका छन् ।

बेखुसी बिदाको अवधारणालाई चिनियाँ सोसल मिडियामा निकै समर्थन प्राप्त भैरहेको छ । त्यति राम्रो हाकिम र कार्यसंस्कृतिलाई देशभर प्रचारित गर्नुपर्ने सोसल मिडिया प्रयोगकर्ताहरुले बताएका छन् । कतिपयले त आफूले अहिलेको काम छाडेर सोही कम्पनीमा काम गर्न इच्छुक रहेको पनि उल्लेख गरेका छन् ।

स्मरण रहोस् कार्यस्थलको चिन्ता सम्बन्धमा गरिएको एक सर्भेक्षण अनुसार चीनमा ६५ प्रतिशतभन्दा धेरै कर्मचारीहरु कामले थाकेका हुन्छन् बेखुसी महसुस गरिरहेका हुन्छन् ।

आफ्ना कर्मचारीलाई बेखुसी बिदा दिने यू ले गत वर्ष नै लामो समयसम्म कर्मचारीहरुलाई काममा लगाउने चिनियाँ कम्पनीका व्यवस्थापकहरुको आलोचना गर्दै कर्मचारीहरुलाई ओभरटाइम काममा लगाउनु अनैतिक हुनुका साथै अन्य मानिसहरुको विकासका अवसरको पनि हनन भएको बताएका थिए।

उनको रोजगार नीति अनुसार कर्मचारीहरुालई दिनमा ७ घण्टा काम, सप्ताहन्तमा छुट्टी, ३० देखि ४० दिनको वार्षिक बिदा र नयाँ वर्षमा थप पाँच दिन बिदा दिइन्छ ।

आफ्नो कम्पनीको भविष्यका बारेमा उनी भन्छन् – हामी ठूलो बन्न चाहँदैनौं । हाम्रा कर्मचारीहरु स्वस्थ तथा आरामदायक जीवन जिउन भन्ने हाम्रो चाहना हो र कम्पनीले पनि सोही अनुसार काम गरिरहेको छ ।



from विचित्र संसार – Online Khabar https://ift.tt/AnxEGVs

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

यो अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ ।

अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् । त्यसबाट ठूलो परिमाणमा बालीनालीमा क्षति पुग्न सक्नेछ र यातायात समेत प्रभावित हुनसक्छ।

 झ्याउँकिरी विभिन्न दुईवटा वर्गका हुन्छन् । एउटा समूहको नाम ब्रूड चौधौं हो, जसलाई ग्रेट साउदर्न ब्रूड पनि भनिन्छ । त्यस्तै दोस्रो वर्ग चाहिं ब्रूड तेह्रौं हो । यसलाई नर्दन इलिनोय ब्रूड पनि भनिन्छ । डरलाग्दो के भने यसपटक यी दुई ब्रूड एकसाथ बाहिर निस्किंदैछन् । ब्रूड भनेको अण्डा वा बच्चा । केही दिनमै ती अण्डाबाट किरा निस्किएर उड्दछन् ।

झ्याउँकिरी किराको प्रकोप हुने एउटा चक्र हुन्छ । अर्थात् निश्चित समयमा यी किरा बाहिर आउँछन् । तर, २२१ वर्षमा पहिलोपटक अहिले दुवै समूहका झ्याउँकिरी एकसाथ अमेरिकामा घुसपैठ गर्न लागेका हुन् ।

नर्दन इलिनोय ब्रूडले १७ वर्षमा एकटपक हमला गर्दछ । जबकि ग्रेट साउदर्न ब्रूडले हरेक १३ वर्षमा ।

यी किराहरु यसपटक २.५४ करोड वर्गकिलोमिटर क्षेत्रमा फैलिनेछन् । यहाँ हरेक एक इन्च क्षेत्रमा एउटा किराको उपस्थिति हुनेछ । यी सबै किराहरुलाई हरेक एक इन्चको दूरीमा राख्दा त्यो यति लामो लाइन बन्नेछ कि पृथ्वीबाट ३३ पटक चन्द्रमामा ओहोर दोहोर गर्न सकिनेछ ।

झ्याउँकिरीले अमेरिकाको जंगल क्षेत्र, खेतबारी तथा हराभरा सबै ठाउँमा नोक्सान पूराउनेछन् ।
अप्रिल महिनाको अन्त्यमा यी किराहरु जमिन बाहिर निस्किनेछन् । यो पूर्णरुपमा तापक्रममा निर्भर गर्दछ । तर त्यसअघि हल्का वर्षा तथा आद्रता आवश्यक हुन्छ । यी सबै वातावरणीय अनुकूलता हुँदा किराहरु तिव्र रुपमा बाहिर निस्किनेछन् । भोकाएका ती झ्याउँकिरीहरु सिधै बालीनाली, फलफूल तथा हरेक रुखहरुमाथि आक्रणमा उत्रिनेछन्, प्रजनन गर्नेछन् र बच्चालाई हुर्काउनेछन् ।

झ्याउँकिरीको आक्रमणबाट अमेरिकाको लुसियाना, दक्षिणी अर्कन्सस, अलाबामा, मिसिसिपी, उत्तरी जर्जिया, साउथ क्यारोलिना, टेनेसी, मिसौरी, इनिलोय, केन्टकी, इण्डियाना, विसकन्सिन तथा अयोवा राज्यहरु प्रभावित हुनेछन् । यो आक्रमण अप्रिलको अन्तिमबाट सुरु भएर ६ हप्तासम्म जारी रहनेछ ।

यी झ्याउँकिरीहरुले मानिसलाई आक्रमण गर्ने तथा रोगब्याधी सार्ने आदि गर्दैनन् । तर निकै ठूलो आवाज निकाल्छन् । यिनीहरु न त राम्रोसँग उड्न जान्दछन्, न त राम्रोसँग कतै अवतरण गर्न नै । यिनीहरु यत्रतत्र खस्दछन् र खसेको ठाउँमा चिप्लो पदार्थ छाड्दछन् र फोहोर पनि गराउँछन् ।



from विचित्र संसार – Online Khabar https://ift.tt/dMQerTz

४६ वर्षको उमेरमा पनि १८ वर्षे लुक्स ! जवान देखिने सुत्र बेचेर मनग्गे आम्दानी

ब्रायन जोन्सन नामका एकजना अर्बपति तथा प्रविधि उद्यमीले दाबी गरेका छन् कि उनले एन्टी एजिंग अर्थात् बुढ्यौली हटाउने सुत्र पत्ता लगाएका छन् ।

जवान देखिने त्यो गोप्य सुत्र उनले हरेक व्यक्तिलाई ३४३ डलरमा बिक्री सुरु गरेका छन् । आफूले त्यही कोडबाट आफ्नो जैविक उमेरलाई उल्टाउन सफल भएको जिकिर उनको छ । जसका कारण उनी आफ्नो वास्तविक उमेरभन्दा निकै जवान देखिन्छन् ।

जवान देखिने उक्त सुत्रको नाम उनले प्रोजेक्ट ब्लूप्रिन्ट राखेका छन् । त्यसमा विशेष भोजनसँगै दैनिक १०० भन्दा धेरै चक्कीहरु खानुपर्दछ ।

जोन्सनले उक्त जानकारीलाई ब्लुप्रिन्ट स्टेकको नामबाट बिक्री गरिरहेका छन् । त्यसमा ड्रिंक्स मिक्स, प्रोटिन, ८ वटा चक्की, स्नेक आयल, ६७ प्रकारका शक्तिशाली थेरापी तथा ४ सय क्यालोरी सामेल छन् ।

एक हजारभन्दा धेरै क्लिनिकल ट्रायलबाट उक्त सुत्र तयार भएको र त्यसमा आफूले निकै गहन अनुसन्धान गरेको उनको दाबी छ ।

उनका अनुसार त्यो सुत्र हरेक महिना ३४३ डलरमा किन्न पाइन्छ, जुन सामान्य खाजा खर्चभन्दा पनि सस्तो पर्ने उनले बताएका छन् ।

उनको उद्देश्य मानिसहरुको खानालाई पूर्णरुपमा बदल्नु नभई केही अत्यावश्यक सप्लिमेन्टसँग सम्बन्धित कमीहरुलाई पूरा गर्नु हो ।

सिलिक भ्यालीका पूर्वकार्यकारी जोन्सन जवान देखिने आफ्नो सनकलाई लिएर चर्चित व्यक्ति नै हुन् । आफ्नो उमेर ४६ वर्ष भएपनि अहिले १८ वर्षको जस्तो देखिने गरेको उनी बताउँछन् । साथै उक्त सुत्रको पालना गर्दा आफ्नो स्वास्थ्यमा पनि सुधार भएको उनको भनाइ छ ।

प्रोजेक्ट ब्लु प्रिन्टमा उनले ठूलो लगानी गरेका छन् । जसमा विशेष भोजन, चिकित्सा निगरानी, उपचार तथा व्यायाम छन् ।
जवान बनाउने उनको त्यो प्रडक्ट अमेरिका, अष्ट्रेलिया, क्यानडा, विभिन्न युरोपेली मुलुकहरुसँगै यूएईलगायतका २३ देशमा उपलब्ध रहेको बताइएको छ।

स्मरण रहोस् केही महिनाअघि उनले एउटा स्व विकशित कार्यक्रमको माध्यमबाट कपाल झर्न रोक्ने दाबी गरेका थिए ।



from विचित्र संसार – Online Khabar https://ift.tt/T0Xe1HV

Advertise Here

Advertise Here

m r

 
Support : Creating Website | Harpalkokhabar Template Copyright © 2015. हरपलको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Harpalkokhabar Template
Proudly powered by Blogger